हरिवन नगरपालिकामा स्वागत छ।

अार्थिक वर्ष २०७५।७६ को श्रवण १ देखी भाद्र १० सम्म बढी कर असुल हुन आएको कर रकम फिर्ता लिन आउँन करदाताहरुमा जारी सूचना ।

जग्गाकाे न्यूनतम मुल्या‌ङ्कन समितिवाट जग्गाकाे मुल्या‌ङ्कन यस अा.ब. मा बढी निर्धारण भएमाे र न. पा. बाट साेही मुल्या‌ङ्कन अनुसार सम्पति कर असूल भएकाेमा यस न पा काे २०७५ भदाै १० गतेकाे  विशेष निर्णयबाट जग्गाकाे २५  प्रतिशत मुल्या‌ङ्कनलाई  आधार मानी कर निर्धारण गर्न निर्णय भए अनुसार कुल १७५० करदाताबाट बढी असुल हुन आएको रकम रू ७९०९८६ /- नगदै फिर्ता गरिने भएकाले वढी कर बुझाउने करदाताहरुले चालु आ.ब. को बैशाख मसान्त सम्म उल्लेखित रकम भुक्तानी लिईसक्नुहुन  अनुरोध गरिन्छ ।

रकम फिर्ता पाउने करदाताहरुको नामनामेसी र रकम को विवरण यस कार्यालयको वेबसाइट, सूचना पाटी र सम्बन्धित वडा कार्यालयहरुबाट प्राप्त गर्न सकिन्छ, साथै फिर्ता रकम  मिति २०७५ पौष २० गते देखि वितरण गरिनेछ र रकम फिर्ता लिन आउँदा  सम्पति कर तिरेको रसिद अनिवार्य लिर्इ अाउनु हुन अनुराेध गरिन्छ ।

Supporting Documents: