जग्गाकाे न्यूनतम मुल्याङ्कन समितिवाट जग्गाकाे मुल्याङ्कन यस अा.ब. मा बढी निर्धारण भएमाे र न. पा. बाट साेही मुल्याङ्कन अनुसार सम्पति कर असूल भएकाेमा यस न पा काे २०७५ भदाै १० गतेकाे विशेष निर्णयबाट जग्गाकाे २५ प्रतिशत मुल्याङ्कनलाई आधार मानी कर निर्धारण गर्न निर्णय भए अनुसार कुल १७५० करदाताबाट बढी असुल हुन आएको रकम रू ७९०९८६ /- नगदै फिर्ता गरिने भएकाले वढी कर बुझाउने करदाताहरुले चालु आ.ब. को बैशाख मसान्त सम्म उल्लेखित रकम भुक्तानी लिईसक्नुहुन अनुरोध गरिन्छ ।
रकम फिर्ता पाउने करदाताहरुको नामनामेसी र रकम को विवरण यस कार्यालयको वेबसाइट, सूचना पाटी र सम्बन्धित वडा कार्यालयहरुबाट प्राप्त गर्न सकिन्छ, साथै फिर्ता रकम मिति २०७५ पौष २० गते देखि वितरण गरिनेछ र रकम फिर्ता लिन आउँदा सम्पति कर तिरेको रसिद अनिवार्य लिर्इ अाउनु हुन अनुराेध गरिन्छ ।