हरिवन नगरपालिकामा स्वागत छ।

संक्षिप्त परिचय

हरिवनको नामाकरणको सन्दर्भमा ऐतिहासिक तथा धार्मिक पृष्ठभूमीका अनुसार विभिन्न किवांदन्ती पाईन्छ । प्रथमतः प्राचिन कालमा राजा जनकका भाइ सभाउ जनकले हालको वडा नं ९मा एउटा पोखरी खनेका थिए । त्यसताका उक्त पोखरीमा सयौंका संख्यामा हरिणहरु चर्दै पानी पिउने ठाँउ भएकोले हरणबाट हरिवन भएको, दास्रो भगवानको नाम हरि ओमबाट हरिवन भएको, तेस्रो हालको सिन्धुली जिल्लाको धिमालेको चुरेमा रहेको बस्तिबाट दक्षिण समथल भावगमा हेर्दा हजारौं दुरी सम्म हरियो वन देखिने भएकोले पछि अपभ्रंस भई हरिवन भएको भन्ने रहेको छ । यसर्थ हरिण, हरिओम र हरियो वन जस्ता शब्दहरु अपभ्रंश भई विस्तारै हरिऔन हुदै हरिवन नामाकरण भएको जनविश्वस रहेको छ ।

 

भौगोलिक अवस्थिति

प्रदेश नं  २

अञ्चल  जनकपुर

जिल्ला  सर्लाही

निर्वाचन क्षेत्र  २

क्षेत्रफल  ८६.०६ वर्ग किमि

वडा संख्या  ११

अवस्थिति  अक्षांश २७० २१' १३.२'' देखि २७० ८४' ४५.९''

८५० ३०' ५२.९'' देखि ८५० ३८' ४८.५२''

उचाई  १३० मिटर देखि ५५० मिटर

हावापानी  उष्ण प्रदेशिय

 

सिमाना

पूर्व  लखनदेही खोला र पथरकोट र लालबदन्दी नगरपालिका

पश्चिम  हरिवन खाेला बागमती नगरपालिका

उत्तर  हरिहरपुरगडी गाउँपालिका सिन्धुली

दक्षिण  हरिपुर नगरपालिका

 

जनसंख्या

कुल जनसंख्या  ४२,७८३

जनघनत्व  ४९६.७८

घरधुरी  ८३६९

 

पर्यटकिय क्षेत्रहरु 

वन वाटिका, चतुर्भजेश्वर मन्दिर,  शिवसागर पोखरी, पटैना गणेश मन्दिर, गणेश टाेल गणेश मन्दिर

 

हरिवन नगरपालिका २०७१ जेठ १ गतेको नेपाल सरकारले निर्णय गरी साविक अत्रौली, सासपुर, घुर्कौली र हरिवन गाविस सम्मिलित गरी गठन गरीएको नगरपालिका हो । यस नगरपालिका मध्यामाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चल, सर्लाही जिल्ला मा अवस्थित रहेको छ । यस नगरपालिकामा जम्मा ११ वटा वडा विभाजन गरीएको छ । हरिवन बजार वडा नं ११ यस नगरपालिकाको प्रमुख केन्द्र हो । 
यस नगरपालिकाको सिमाना पूर्वमा लखनदेही खोला र पथरकोट (लालबन्दी नगरपालिका), पश्चिममा ढुंग्रेखोला गाविस, उत्तरमा सिन्धली जिल्ला क्यानेश्वर गाविस र दक्षिणमा जानकी नगर गाविस सम्म फैलिएको छ । नगरपालिका अक्षांश

अक्षांश २७० २१' १३.२'' पूर्व देखि २७० ८४' ४५.९''पूर्व र  देशान्तर ८५० ३०' ५२.९''  उत्तर देखि ८५० ३८' ४८.५२'' उत्तर मा अवस्थिति रहेको छ । समुन्द्री सतहबाट उचाइ १३० मिटर देखि ५५० मिटरमा रहेको यस नगरपालिका ८८.१ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ ।
यस नगरपालिकामा जनगणना २०६८ अनुसार ४२,७८३ जनसंख्या बसोबास गर्दछ जसमध्ये २१,९६२ महिला र २१८२१ पुरुष जनसंख्या रहेको छ । 

प्राकृतिक स्रोतः
हरिवन नगरपालिका चुरे, भावर र तराई गरी तीन भौगोलिक क्षेत्रमा विभाजन गर्न सकिन्छ । यस क्षेत्रमा साल खयर, सिसौ, कर्मा, कुम्नी, हर्रो, वर्राे, सिन्दुरे, तेतारी, सतिसाल, सिमल, भुरकुल, दवदवे, लगायतका वनस्पति पाइन्छ । जंगली जनावरमा बाघ, चितुवा, भालु, हात्ती, वन विरालो, बदेंल, मृग, चितल, निलगाई, आदि पाइन्छ । पक्षिंमा मयुर, धनेस, कालिज, लुइचे, सुगा, आदि यहाँ पाइने मुख्य चराहरु हुन् । 

जलवायुः
यस नगरपालिका उष्ण प्रदेशिय मनसुन जलवायु क्षेत्रमा अवस्थित छ । जनकपुर मौसम तथा जलवायु स्टेशनको मापन अनुसार यस क्षेत्रको औषत अधिकतम तपक्रम ३१० सेल्सस र औषत न्युनतम तापक्रम २०० सेल्सस रहेको छ । यस नगरपालिकामा १६९९.६ मिमि औसत वर्षा हुने गर्दछ ।

शिक्षाः
२०्६८ को जन गणना अनुसार यस नगरको साक्षरता  प्रतिशत ५९.७७% रहेको छ जसमध्ये ६७.९१% पुरुष साक्षरता र ५२.१३ % महिला साक्षरता रहेको छ । यस नगरपालिकामा बहुमुखी क्याम्पस, उच्च माध्यामिक विद्यालय, माध्यामिक विद्यालय, निम्न मावि र प्रावि गरी जम्मा .......... वटा सरकारी र गैर सरकारी विद्यालय सञ्चालनमा रहेको छ । चतुरभुजेश्वर बहुमुखि क्याम्पस यस नगरको एक मात्र क्याम्पस हो । चतुरभुजेश्वर उ.मा.वि., सनराइज उ.मा.वि र मनकामना उ.मा.वि. यस नगरपालिकाका उच्च मा.वि. अध्यापन हुने विद्यालयहरु हुन् । महादेव जनता मा.वि, श्रीमती मइरेनी मिक्चैनी मा.वि., जनसेवा मा.वि., सगरमाथा मा. वि., रामअवतार मा.वि., जनजागृति मा.वि., अर्किड इन्टरनेशनल स्कुल, सुशिल केडिया मा.वि. ज्ञान ज्योति मा.वि. यस नगरपालिकाका माध्यामिक तह अध्यापन गराउने विद्यालयहरु हुन् । अन्य विद्यालयहरुमा निम्न मा.वि. र प्रा.वि. स्तरमा अध्यापन हुने गर्दछ ।

खानेपानी र सरसफाई 
यस हरिवन नगरपालिकामा ६८.५% जनसंख्या ट्युबवेल ह्याण्ड पम्प, १६.९२% इनार तथा कुवा, ६.८८% जनसंख्या धाराको पानी र बाँकी अन्यले खोलाको पानी, छोपिएका इनार वा कुवा, जरुवा पानीबाट खानेपानीको स्रोत प्रयोग गरिन्छ । 
शौचालयमा यस नगरको ३१.७४% घरधुरीमा फ्लस सहितको चर्पी र १७.९२% घरधुरीमा सामान्य शौचालयको प्रयोग गर्दछन् । ४४.२४% घरधुरीमा शौचालय नरहेको २०६८ सालको जनगणनाको तथ्यांकले देखाएको छ ।

उर्जा
यस नगरमा खाना पकाउन अधिकांश जनसंख्या परमपरागत उर्जा श्रोतको प्रयोग गर्दछन् । खाना पकाउन ८०.३ % जनसंख्याले दाउरामा, १०.०४% ले एलपिजि ग्यास र ६.५२% घरधुरीले बायोग्यासको प्रयोग गर्दछन् । अन्यले मट्टीतेल, विद्युत, गुर्इंठा आदिको प्रयोग गर्दछन् ।
यस नगरमा वत्तीको लागि अधिकांश जनसंख्याले घरमा विजुली वत्तीको प्रयोग गर्दछन् । वत्तीको लागि ८६.०६% घरधुरीले विजुली वत्ती र १२% घरमा मट्टितेलको प्रयोग गर्दछन् । अन्य घरमा सोलार र बायोग्यासको प्रयोग गर्दछन् ।

उद्योग तथा सेवा
यस नगरपालिकामा मुख्य उद्योग ईन्दु शंकर चीनी मिल रहेको छ । नगरमा ईटा उद्योग, साइस मिल, फर्निचर, घरेलु उद्योग, आदि विभिन्न उद्योग सञ्चालनमा रहेको छ । गार्मेन्ट, हार्डवेयर, कस्मेटिक्स, डिपार्टमेन्टल स्टोर, किराना, हस्पिटल, विभिन्न सेवा र सुविधा दिने सरकारी तथा गैर सरकारी संस्था, आदि यस क्षेत्रमा सञ्चालनमा रहेको छ ।